काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ११८ जना महिला र २०० पुरुष गरी कूल ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २५० जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ३४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४५६ जना, भक्तपुरमा ९८ जना र ललितपुरमा १४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २१३, भक्तपुरमा २३४ र ललितपुरमा ५२९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९१ हजार ७९० जना, भक्तपुरमा ८ हजार ३८९ जना र ललितपुरमा १४ हजार २५३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९५ हजार ४५९ जना, भक्तपुरमा ८ हजार ७२१ जना र ललितपुरमा १४ हजार ९२५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ८ गते बुधबार, १६:३०