काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २३६ जना महिला र ३०५ पुरुष गरी कूल ५४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४०२ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा १०५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४३५ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ५५४, भक्तपुरमा ३७८ र ललितपुरमा ९४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८७ हजार ३१८ जना, भक्तपुरमा ७ हजार ९११ जना र ललितपुरमा १३ हजार १७३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९२ हजार ३०७ जना, भक्तपुरमा ८ हजार ३९५ जना र ललितपुरमा १४ हजार २४८ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार,, १७:१६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook