
काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २५६ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ७३ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा २ हजार ७०७ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या २ लाख ३७ हजार ९६८ रहेको छ भने २ हजार १३५ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार ८१० पुगेको छ ।
त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ८८५ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या २७ हजार ५७७ रहेको छ भने ४२५ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २८ हजार ८८७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा १ हजार २६५ रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या ४५ हजार ८२५ रहेको छ भने ६६२ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ४७ हजार ७५२ पुगेको छ ।
प्रकाशित मितिः २०७८ साल असोज ८ गते शुक्रबार, ११:१९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook