काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २४० जना महिला र २९० पुरुष गरी कूल ५३० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४०९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ८५ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३८६ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ हजार ८०६, भक्तपुरमा ६०४ र ललितपुरमा १ हजार ३६१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८१ हजार ११० जना, भक्तपुरमा ७ हजार २९८ जना र ललितपुरमा ११ हजार ८८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८८ हजार ३०२ जना, भक्तपुरमा ७ हजार ९९५ जना र ललितपुरमा १३ हजार ३५९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १६ मंगलबार, २०:३४