काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २८५ जना महिला र ३८० पुरुष गरी कूल ६४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४८५ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १२४ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ३४८ जना, भक्तपुरमा ८९ जना र ललितपुरमा १०९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ३९, भक्तपुरमा ६३२ र ललितपुरमा १ हजार ६२६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७८ हजार ४६९ जना, भक्तपुरमा ७ हजार १०४ जना र ललितपुरमा ११ हजार ३५३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ८६ हजार ८५६ जना, भक्तपुरमा ७ हजार ८२५ जना र ललितपुरमा १३ हजार ८८ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १६:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook