काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १२९ जना महिला र १८३ पुरुष गरी कूल ३१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २२५ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ४९ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४७० जना, भक्तपुरमा १०१ जना र ललितपुरमा १४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४२, भक्तपुरमा १८३ र ललितपुरमा ३७५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९३ हजार ५९८ जना, भक्तपुरमा ८ हजार ५७९ जना र ललितपुरमा १४ हजार ६९७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९७ हजार १० जना, भक्तपुरमा ८ हजार ८६३ जना र ललितपुरमा १५ हजार २१८ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, १७:०२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook