काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५८ जना महिला र ८७ जना पुरुष गरी कूल १४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ११६ जना, भक्तपुरमा ३ जना र ललितपुरमा २६ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १५५ जना, भक्तपुरमा ३७ जना र ललितपुरमा २१३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९७ हजार ७०४ जना, भक्तपुरमा ८ हजार ९९१ जना र ललितपुरमा १५ हजार ४६४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख ३४८ जना, भक्तपुरमा ९ हजार १४१ जना र ललितपुरमा १५ हजार ८३५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ ७ गते बुधबार, १९:३३