काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २४ जना महिला र ४१ जना पुरुष गरी कूल ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ५७ जना, भक्तपुरमा ३ जना र ललितपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९९ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा ६८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ६३८ जना, भक्तपुरमा ९ हजार ९६ जना र ललितपुरमा १५ हजार ८१२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ५६९ जना, भक्तपुरमा ९ हजार २२५ जना र ललितपुरमा १६ हजार ४० जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ २० गते मंगलबार, १७:१६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook