काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २५ जना महिला र ३० जना पुरुष गरी कूल ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४४ जना, भक्तपुरमा ३ जना र ललितपुरमा ८ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९९ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३९६ जना, भक्तपुरमा १४ जना र ललितपुरमा ६० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ७१८ जना, भक्तपुरमा ९ हजार ९९ जना र ललितपुरमा १५ हजार ८२८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ६१३ जना, भक्तपुरमा ९ हजार २२८ जना र ललितपुरमा १६ हजार ४८ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १७:१५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook