काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २२ जना महिला र ५१ जना पुरुष गरी कूल ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६० जना, भक्तपुरमा ३ जना र ललितपुरमा १० जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०२ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार जना, भक्तपुरमा १४ जना र ललितपुरमा ३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ६७३ जना, भक्तपुरमा ९ हजार १३८ जना र ललितपुरमा १५ हजार ९६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार १७५ जना, भक्तपुरमा ९ हजार २६७ जना र ललितपुरमा १६ हजार १६३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन ३ गते सोमबार, १६:५४