काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १६ जना महिला र २६ जना पुरुष गरी कूल ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ३० जना, भक्तपुरमा ३ जना र ललितपुरमा ९ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ५०२ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९८३ जना, भक्तपुरमा १८ जना र ललितपुरमा ३३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ८०२ जना, भक्तपुरमा ९ हजार १४७ जना र ललितपुरमा १५ हजार ९९१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख २ हजार २८७ जना, भक्तपुरमा ९ हजार २८० जना र ललितपुरमा १६ हजार १८७ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:१७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook