काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३९ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १४ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १८:१२