काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ११० जना महिला र १३६ जना पुरुष गरी कूल २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २२० जना, भक्तपुरमा ३ जना र ललितपुरमा २३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४८५ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३३२ जना, भक्तपुरमा ९२ जना र ललितपुरमा २८७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९६ हजार ७११ जना, भक्तपुरमा ८ हजार ८८० जना र ललितपुरमा १५ हजार २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९९ हजार ५२८ जना, भक्तपुरमा ९ हजार ८५ जना र ललितपुरमा १५ हजार ७०५ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ १ गते बिहीबार, १६:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook