काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १५२ जना महिला र २११ पुरुष गरी कूल ३६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २७३ जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ४९ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४५२ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ८७, भक्तपुरमा ३३३ र ललितपुरमा ७३५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८९ हजार ५३० जना, भक्तपुरमा ८ हजार १५९ जना र ललितपुरमा १३ हजार ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९४ हजार ६९ जना, भक्तपुरमा ८ हजार ५८९ जना र ललितपुरमा १४ हजार ६४७ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १७:१७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook