काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २४७ जना महिला र ३५९ पुरुष गरी कूल ६०६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४४० जना, भक्तपुरमा ८० जना र ललितपुरमा १३५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ३९५ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा १२० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार ९९६, भक्तपुरमा ५४० र ललितपुरमा १ हजार २५५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८३ हजार ३३७ जना, भक्तपुरमा ७ हजार ४८५ जना र ललितपुरमा १२ हजार ३२३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ८९ हजार ७२८ जना, भक्तपुरमा ८ हजार १२० जना र ललितपुरमा १३ हजार ६९८ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १६:५३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook