काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १७४ जना महिला र २६४ पुरुष गरी कूल ४३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ३१० जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ८६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४४७ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ३५३, भक्तपुरमा ३३३ र ललितपुरमा ७०७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८८ हजार ६९९ जना, भक्तपुरमा ८ हजार ९८ जना र ललितपुरमा १३ हजार ६७७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९३ हजार ५०२ जना, भक्तपुरमा ८ हजार ५२८ जना र ललितपुरमा १४ हजार ५२१ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, १८:०६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook