काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३५२ जना महिला र ४५५ पुरुष गरी कूल ८०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६३२ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा १३३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २९९ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार २३७, भक्तपुरमा १ हजार २५२ र ललितपुरमा २ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६२ हजार ७४१ जना, भक्तपुरमा ५ हजार ७५८ जना र ललितपुरमा ८ हजार ८९६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७८ हजार २७७ जना, भक्तपुरमा ७ हजार ८६ जना र ललितपुरमा ११ हजार २९५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३० आइतबार, १६:५४