काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २१२ जना महिला र २८९ पुरुष गरी कूल ५०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३७३ जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ८४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३०१ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६४ हजार ७० जना, भक्तपुरमा ५ हजार ८६६ जना र ललितपुरमा ९ हजार ८९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७८ हजार ६५० जना, भक्तपुरमा ७ हजार १३० जना र ललितपुरमा ११ हजार ३७९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १ सोमबार, १७:४४