काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४०३ जना महिला र ६३५ पुरुष गरी कूल १ हजार ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ८२२ जना, भक्तपुरमा ४८ जना र ललितपुरमा १६८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३०७ जना, भक्तपुरमा ८० जना र ललितपुरमा ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२ हजार ५७२, भक्तपुरमा १ हजार ६२ र ललितपुरमा २ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६६ हजार ८८२ जना, भक्तपुरमा ६ हजार ४८ जना र ललितपुरमा ९ हजार ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७९ हजार ७६१ जना, भक्तपुरमा ७ हजार १९० जना र ललितपुरमा ११ हजार ५८५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १६:४०