काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३८७ जना महिला र ५१२ पुरुष गरी कूल ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६८५ जना, भक्तपुरमा ४९ जना र ललितपुरमा १६५ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३१६ जना, भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७६९ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७१ हजार ८५६ जना, भक्तपुरमा ६ हजार ५३२ जना र ललितपुरमा ९ हजार ९०९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८२ हजार २७३ जना, भक्तपुरमा ७ हजार ३८५ जना र ललितपुरमा १२ हजार ११३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, १६:३५