काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५६९ जना महिला र ७८८ पुरुष गरी कूल १ हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २१७ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ८९०, भक्तपुरमा १ हजार १५१ र ललितपुरमा २ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४४ हजार ७४६ जना, भक्तपुरमा ४ हजार ४८२ जना र ललितपुरमा ६ हजार ४३१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ६१ हजार ८५५ जना, भक्तपुरमा ५ हजार ६९९ जना र ललितपुरमा ८ हजार ७९४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १५ शनिबार, १६:३०