भक्तपुरः मध्यपुर थिमिस्थित बोडे निलबाराही बस्तीका ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जंनसख्या मन्त्रालयले भक्तपुरका एक पुरुषमा संक्रमण देखिएको भनिएको पनि भक्तपुरको मध्यपुर थिमि–९ का ४ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

बालिकालाई पेट दुखेपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो । उनको एपेन्डिसाईटिसको अपरेसन गर्नु पर्ने भएपछि अस्पतालले असार ११ गते स्वाबको नमुना संकलन गरि परीक्षणका लागि पाटन अस्पताल लगिएको थियो ।


। स्वाबको रिपोर्ट नआए सम्मका लागि बालिकालाई औषधी दिएर घरमै फर्काइएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

उनको स्वाब संकलन गरेको २ दिन पछि आज संक्रमण पुष्टि भएको हो । अहिले संक्रमित बालिकालाई थप उपचारको लागि अस्पताल लैजाने र घर सिल गर्ने तयारी भइरहेको प्रमुख श्रेष्ठले बताए । बालिकाको परिवारलाई भने होम क्वारेन्टिनमा राखेर स्वाब संकलन गरिने उनले बताए । उक्त संक्रमित बालिकाको ट्राभल हिस्ट्रि नै नभएकाले बालिकाको स्वाव फेरी परिक्षणको तयारी भइरहेको मध्यपुर थिमिका प्रमुख श्रेष्ठले बताए ।


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, १९:४३