काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४२ जना महिला र ८९ जना पुरुष गरी कूल १३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ११५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८७ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २७८ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा २४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९७ हजार २२ जना, भक्तपुरमा ८ हजार ९११ जना र ललितपुरमा १५ हजार ३४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९९ हजार ७८७ जना, भक्तपुरमा ९ हजार ९५ जना र ललितपुरमा १५ हजार ७३९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ ३ गते शनिबार, १७:३६