काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २७ जना महिला र ५१ जना पुरुष गरी कूल ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६१ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४९९ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३५८ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ८१७ जना, भक्तपुरमा ९ हजार १०१ जना र ललितपुरमा १५ हजार ८५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख १ हजार ६७४ जना, भक्तपुरमा ९ हजार २३२ जना र ललितपुरमा १६ हजार ६१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, १७:२०