काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३७ जना महिला र १८ जना पुरुष गरी कूल ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४३ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०० जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १२४ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ३१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख १८४ जना, भक्तपुरमा ९ हजार ११२ जना र ललितपुरमा १५ हजार ९०२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख १ हजार ८०८ जना, भक्तपुरमा ९ हजार २४४ जना र ललितपुरमा १६ हजार ९४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ २५ गते आइतबार, १७:५२