काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १७ जना महिला र ३७ जना पुरुष गरी कूल ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४७ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९४६ जना, भक्तपुरमा २२ जना र ललितपुरमा २५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ९०७ जना, भक्तपुरमा ९ हजार १५३ जना र ललितपुरमा १६ हजार ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार ३५७ जना, भक्तपुरमा ९ हजार २९० जना र ललितपुरमा १६ हजार १९५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन ८ गते शनिबार, २०:०७