काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ३६ जना, भक्तपुरमा ४ जना र ललितपुरमा ४ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन २७ गते बिहीबार, १७:०४