काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ९७ जना महिला र १५५ पुरुष गरी कूल २५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २२५ जना, भक्तपुरमा ४ जना तथा ललितपुरमा २३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २०० जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ९५८, भक्तपुरमा १ हजार १९४ र ललितपुरमा २ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४० हजार ४२ जना, भक्तपुरमा ४ हजार १४१ जना र ललितपुरमा ५ हजार ५६२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, १७:१७