काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४१५ जना महिला र ५४२ पुरुष गरी कूल ९५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३२१ जना, भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ८६९, भक्तपुरमा ७०८ र ललितपुरमा १ हजार ६८५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७३ हजार ८५६ जना, भक्तपुरमा ६ हजार ६४६ जना र ललितपुरमा १० हजार ४६९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८३ हजार ४६ जना, भक्तपुरमा ७ हजार ४३८ जना र ललितपुरमा १२ हजार २४४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १६:३८