काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३२५ जना महिला र ३९८ पुरुष गरी कूल ७२३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ५३१ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३८८ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ हजार ६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८१ हजार ७९५ जना, भक्तपुरमा ७ हजार ३८५ जना र ललितपुरमा ११ हजार ९७३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८८ हजार ८३३ जना, भक्तपुरमा ८ हजार ५३ जना र ललितपुरमा १३ हजार ४९३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, १६:२९