काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६१ जना महिला र ७२ जना पुरुष गरी कूल १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १०३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा २५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९२ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८६२ जना, भक्तपुरमा २७ जना र ललितपुरमा १५२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९८ हजार ४१३ जना, भक्तपुरमा ९ हजार ३८ जना र ललितपुरमा १५ हजार ६१९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख ७६७ जना, भक्तपुरमा ९ हजार १८० जना र ललितपुरमा १५ हजार ९२९ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १६:४९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook