काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३४ जना महिला र ४८ जना पुरुष गरी कूल ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४९६ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६८८ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा १३८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार १४२ जना, भक्तपुरमा ९ हजार ६७ जना र ललितपुरमा १५ हजार ७१३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख १ हजार ३२६ जना, भक्तपुरमा ९ हजार २१५ जना र ललितपुरमा १६ हजार ११ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, १६:२३