काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३४ जना महिला र ५१ जना पुरुष गरी कूल ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ७० जना, भक्तपुरमा ५ जना र ललितपुरमा १० जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९९ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६४ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ७६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ५४९ जना, भक्तपुरमा ९ हजार ९२ जना र ललितपुरमा १५ हजार ७९९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ५१२ जना, भक्तपुरमा ९ हजार २२२ जना र ललितपुरमा १६ हजार ३५ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, २०:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook