काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३२ जना महिला र ३४ जना पुरुष गरी कूल ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४८ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ५०० जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २०३ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ५१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ६२ जना, भक्तपुरमा ९ हजार १०८ जना र ललितपुरमा १५ हजार ८७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ७६५ जना, भक्तपुरमा ९ हजार २४० जना र ललितपुरमा १६ हजार ८६ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ २४ गते शनिबार, १६:३२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook