काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २९ जना महिला र ५० जना पुरुष गरी कूल ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६७ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०० जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८० जना, भक्तपुरमा १३ जना र ललितपुरमा २६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ३४० जना, भक्तपुरमा ९ हजार १२३ जना र ललितपुरमा १५ हजार ९२३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख १ हजार ९२० जना, भक्तपुरमा ९ हजार २५१ जना र ललितपुरमा १६ हजार ११२ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १७:३५