काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६८ जना महिला र ७६ पुरुष गरी कूल १५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १२४ जना, भक्तपुरमा ५ जना र ललितपुरमा २५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४७३ जना, भक्तपुरमा १०६ जना र ललितपुरमा १४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९६३ जना, भक्तपुरमा १७५ जना र ललितपुरमा ३७३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९४ हजार १२ जना, भक्तपुरमा ८ हजार ६२६ जना र ललितपुरमा १४ हजार ७८५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९७ हजार ४४८ जना, भक्तपुरमा ८ हजार ९०७ जना र ललितपुरमा १५ हजार ३०४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस १८ गते शनिबार, १७:०३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook