काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३७९ जना महिला र ४४३ पुरुष गरी कूल ८२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ५९९ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १६० जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ३४२ जना, भक्तपुरमा ८९ जना र ललितपुरमा १०३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार ८६७, भक्तपुरमा ६०८ र ललितपुरमा १ हजार ५४६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७८ हजार १६२ जना, भक्तपुरमा ७ हजार ९२ जना र ललितपुरमा ११ हजार ३१५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ८६ हजार ३७१ जना, भक्तपुरमा ७ हजार ७८९ जना र ललितपुरमा १२ हजार ९६४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १६:४४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook