काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६४९ जना महिला र ८१९ पुरुष गरी कूल १ हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार २४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २४९ जना, भक्तपुरमा ६८ जना र ललितपुरमा ६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार ८६३, भक्तपुरमा १ हजार १९ र ललितपुरमा २ हजार २६४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४९ हजार ६७६ जना, भक्तपुरमा ४ हजार ८७९ जना र ललितपुरमा ६ हजार ९८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ६५ हजार ७८८ जना, भक्तपुरमा ५ हजार ९६६ जना र ललितपुरमा ९ हजार ३१४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १७:२९