काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २४४ जना महिला र ३०४ पुरुष गरी कूल ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४२२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा ६१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३६२ जना, भक्तपुरमा ९० जना र ललितपुरमा ११० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार ६३३, भक्तपुरमा ६४८ र ललितपुरमा १ हजार ५१८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७९ हजार २८३ जना, भक्तपुरमा ७ हजार १५२ जना र ललितपुरमा ११ हजार ५२१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८७ हजार २७८ जना, भक्तपुरमा ७ हजार ८९० जना र ललितपुरमा १३ हजार १४९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १६:५८