काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २६३ जना महिला र ३३१ पुरुष गरी कूल ५९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४१२ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा ११३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४२४ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ८७७, भक्तपुरमा ४५० र ललितपुरमा ९९२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८५ हजार ८८३ जना, भक्तपुरमा ७ हजार ७५१ जना र ललितपुरमा १२ हजार ९०० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९१ हजार १८४ जना, भक्तपुरमा ८ हजार २९७ जना र ललितपुरमा १४ हजार १७ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, १६:५०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook