काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३६१ जना महिला र ४४८ पुरुष गरी कूल ८०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ६१५ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा १२५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ३६२ जना, भक्तपुरमा ९० जना र ललितपुरमा ११० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार २७०, भक्तपुरमा ६४१ र ललितपुरमा १ हजार ४५२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८० हजार २४८ जना, भक्तपुरमा ७ हजार २२७ जना र ललितपुरमा ११ हजार ७१० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ८७ हजार ८९३ जना, भक्तपुरमा ७ हजार ९५९ जना र ललितपुरमा १३ हजार २७४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, १६:५३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook