काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५९ जना महिला र ११३ जना पुरुष गरी कूल १७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १४४ जना, भक्तपुरमा ६ जना र ललितपुरमा २२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८७ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३३४ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा २८७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९६ हजार ८५१ जना, भक्तपुरमा ८ हजार ९०३ जना र ललितपुरमा १५ हजार २८७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९९ हजार ६७२ जना, भक्तपुरमा ९ हजार ९१ जना र ललितपुरमा १५ हजार ७२७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ २ गते शुक्रबार, १७:११