काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४४ जना महिला र ७९ जना पुरुष गरी कूल १२३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १०७ जना, भक्तपुरमा ६ जना र ललितपुरमा १० जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४९४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७६७ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा १३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ९ जना, भक्तपुरमा ९ हजार ६० जना र ललितपुरमा १५ हजार ६९८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख १ हजार २६३ जना, भक्तपुरमा ९ हजार २१० जना र ललितपुरमा १५ हजार ९९७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ १५ गते बिहीबार, १६:५६