काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २९ जना महिला र ३६ जना पुरुष गरी कूल ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ५५ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ४ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ५०० जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८१ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ३९४ जना, भक्तपुरमा ९ हजार १२४ जना र ललितपुरमा १५ हजार ९२९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ९७५ जना, भक्तपुरमा ९ हजार २५७ जना र ललितपुरमा १६ हजार ११६ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १९:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook