काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २७ जना महिला र ३३ जना पुरुष गरी कूल ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४५ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०२ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९९६ जना, भक्तपुरमा १९ जना र ललितपुरमा ३४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ७५९ जना, भक्तपुरमा ९ हजार १४३ जना र ललितपुरमा १५ हजार ९८१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार २५७ जना, भक्तपुरमा ९ हजार २७७ जना र ललितपुरमा १६ हजार १७८ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन ५ गते बुधबार, १७:४०