काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १४ जना महिला र २० जना पुरुष गरी कूल ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २३ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ५ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९६१ जना, भक्तपुरमा २२ जना र ललितपुरमा २७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ८४५ जना, भक्तपुरमा ९ हजार १४९ जना र ललितपुरमा १६ हजार १ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार ३१० जना, भक्तपुरमा ९ हजार २८६ जना र ललितपुरमा १६ हजार १९२ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन ७ गते शुक्रबार, १८:१९