काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २० जना महिला र ३२ जना पुरुष गरी कूल ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४२ जना, भक्तपुरमा ६ जना र ललितपुरमा ४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९४१ जना, भक्तपुरमा २४ जना र ललितपुरमा ३१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ९९० जना, भक्तपुरमा ९ हजार १५९ जना र ललितपुरमा १६ हजार १५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार ४३५ जना, भक्तपुरमा ९ हजार २९८ जना र ललितपुरमा १६ हजार २१० जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन १० गते सोमबार, १७:४९