काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ८३ जना महिला र १२५ पुरुष गरी कूल २०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १७५ जना, भक्तपुरमा ६ जना र ललितपुरमा २७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४६४ जना, भक्तपुरमा ९८ जना र ललितपुरमा १४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८९१, भक्तपुरमा १७३ र ललितपुरमा ३८९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९२ हजार ८९९ जना, भक्तपुरमा ८ हजार ५१० जना र ललितपुरमा १४ हजार ५३४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९६ हजार २५४ जना, भक्तपुरमा ८ हजार ७८१ जना र ललितपुरमा १५ हजार ६८ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १६:३१