काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४८४ जना महिला र ६२३ पुरुष गरी कूल १ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ८६२ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा १७४ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३१६ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९ हजार ६८१, भक्तपुरमा ७८३ र ललितपुरमा २ हजार २२८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७१ हजार ५९१ जना, भक्तपुरमा ६ हजार ४७० जना र ललितपुरमा ९ हजार ६३१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ८१ हजार ५८८ जना, भक्तपुरमा ७ हजार ३३६ जना र ललितपुरमा ११ हजार ९४८ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १७:२९