काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ९४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, १७:०२